भरतपुर महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरे । उनले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा सम्पत्तिका रूपमा रहने बताए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोसेढुङ्गा सावित भएको चर्चा गर्दै उनले यसलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने बताए । भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिए । उनले भने, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताए ।
कार्यक्रममा साहित्यकार डा.केशवराज चालिसे, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ, एलबी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डिआर पोखरेललगायतले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनीय भूमिकासँगै साहित्य र कलाको क्षेत्रमा गरेको कामको बारेमा चर्चा गरेका थिए । साहित्य र सिर्जना समाज र देशको साझा सम्पत्ति हुने बताउँदै प्रस्तावित भरतपुर प्रज्ञाप्रतिष्ठान गठनसँगै यस क्षेत्रको कला साहित्यको प्रवद्र्धन र सर्जकको सम्मान हुने उनीहरुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की
-
कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा