बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देवी लक्ष्मीसँग जोडिएका मान्यताहरु : कमल फूलमाथि बस्नुको अर्थ र सन्देश के ?

बिहीबार, १८ कात्तिक २०७८, १० : २१
बिहीबार, १८ कात्तिक २०७८

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । आज देवी लक्ष्मीलाई प्रसन्न गर्न लागि विभिन्न विधि अपनाएर पूजापाठ गरिन्छ । लक्ष्मी पूजा गर्नुको मुख्य कारण धर्मअनुसार कर्म गर्नेलाई धन लाभ हुन्छ भन्ने मान्यता छ । 

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

लक्ष्मीको आगमनले धर्न आर्जन हुने र सुखशान्ति मिल्ने विश्वास गरिन्छ । तर, वर्षौंदेखि पुज्दै आएकी देवी लक्ष्मीको बारेमा केही मान्यताहरु छन् । जसको बारेमा धेरैलाई थाहा छैन । 

लक्ष्मी भगवान विष्णुको गोडा नजिकै बसेको किन देखाइन्छ ? 

 


तस्बिरहरुमा भगवान विष्णु शेषनागको माथि विश्राम गरिरहेका हुन्छन् । उनको गोडाको नजिकै देवी लक्ष्मी हुन्छिन् । यसको अर्थ भगवान विष्णु धर्म, कर्म र पुरुषार्थका प्रतिक हुन् । लक्ष्मी त्यही व्यक्तिको नजिक बस्छिन् जसले धर्मअनुसार कर्म गर्छन् । 

रंगोली किन बनाइन्छ ? 


दिपावलीमा मुख्य ढोकामा सुन्दर रंगोली बनाउने गरिन्छ । रंगोलीले घरमा सकारात्मक उर्जा र सुन्दरता बढाउँछ । घरबाहिर रंगोली बनाउँदा देवी लक्ष्मी घरमा आर्कषित हुने र लक्ष्मीको कृपा मिल्ने विश्वास गरिन्छ । 

लक्ष्मी पुज्दा दक्षिणावर्ती शंखको महत्व के ? 


लक्ष्मी र दक्षिणावर्ती शंखको उत्पत्ति समुन्द्रमा भएको हो । यसकारण शंखलाई लक्ष्मीको भाइ भन्ने गरिन्छ । दिपावलीमा लक्ष्मीसँगै दक्षिणावर्ती शंखको पूजा गरे भक्तहरुको मनोकामना पूरा हुने विश्वास छ । 

गणेश, सरस्वती र लक्ष्मीको पूजा एकसाथ किन गरिन्छ ? 


दिपावलीमा गणेश, लक्ष्मी र सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई ज्ञानकी देवी, गणेशलाई बुद्धि  र लक्ष्मीलाई धनकी देवी भनिन्छ । यस तस्बिरको सन्देश लक्ष्मीको कृपा पाउनका लागि ज्ञान र बुद्धिले काम गर्नुपर्छ । ज्ञान र बुद्धिले काम गर्दा लक्ष्मीको कृपा मिल्ने विश्वास छ । 

कमलमाथि किन बस्छिन् लक्ष्मी ? 


कमल फूल सुन्दर, कोमल र निर्मल हुन्छ । कमल हिलोमा फुल्छ । तर, हिलो र फोहोरभन्दा अलग हुन्छ । यसको सन्देश खराब मान्छेहरुको बीचम रहँदा पनि आफ्नो असल स्वभाव छोड्न हुन्न भन्ने हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप