बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१

बिहीबार, १८ कात्तिक २०७८, १० : १८
बिहीबार, १८ कात्तिक २०७८

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी२० को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट नबिल सम्मानित भएको हो ।


आईएफसी र एसएमई फाइनान्स फोरमले विगतका आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगति पहिचान गरी सम्मान दिएको नबिल बैंकले जनाएको छ । कोभिड–१९ महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रूपमा एसएमई क्षेत्रको उत्थानमाध्यान केन्द्रित गरेको र सक्रियतापूर्वक आफ्नो व्यवसाय प्रक्रियालाई नवीनतम नीति, तथा प्रकृयामार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रूपमा कर्जा उपलब्द गराउँदै आएको बैंकको दाबी छ ।  

सम्मानित भएसँंगै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोगमार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पु¥याउन ध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकलेदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेको र यस क्रमलाई विभिन्न रूपमा जारी राख्ने समेत उनले उल्लेख गरे ।

गत महिनापनि नबिल बैकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रूपमा मान्यता दिएको थियो । नबिलले युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालको बेस्ट बैंक’ अवार्ड जित्न सफल भएको छ । 
सन् १९८४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप