
पीएसजी रोकिँदा सिटी शीर्ष स्थानमा

राहिम स्टर्लिङले १२ खेलको गोल खडेरी अन्त्य गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रगमाथि ४–१ को शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा सिटीले खेलको १५ औँ मिनेटमा फिल फोडेनको गोलको मद्दतले अग्रता लिएको थियो । तर लगत्तै जोन स्टोन्सले आत्मघाती गोल गरेपछि खेल बराबरी बनेको थियो ।
दोस्रो हाफमा भने सिटीले गोलको वर्षा गर्यो । ५४ औँ मिनेटमा रिहाद महारेजले सिटीलाई पुनः अग्रता दिलाए भने ७२ औँ मिनेटमा स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा ग्याब्रियल जिसुसले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । खेलमा जोआ क्यासेलोले तीनवटा गोलको अवसर सिर्जना गरेका थिए ।
जीतसँगै सिटी समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । चार खेलपछि सिटीको ९ अङ्क रहेको छ । उता, दोस्रो स्थानमा रहेको पीएसजी भने आरबी लेइपजीगसँग २–२ को बराबरीमा रोकियो ।
क्रिस्टोफर एनकुनुले लेइपजीगलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । लगत्तै घरेलु टोलीले पेनाल्टी पायो तर आन्द्रे सिल्भा गोल गर्नबाट चुके । यसको फाइदा उठाउँदै जिनी विजनाल्डमले पहिलो हाफमा दुई गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।
पीएजसी जीततर्फ अग्रसर बनिरहँदा लेइपजीगले इन्जुरी समयमा अर्को पेनाल्टी पायो । यसपटक डोमिनिक स्जोबोसजलाईले गोल गर्दै पीएसजीलाई जीतबाट वञ्चित गरे । पीएजसीको ८ अङ्क रहेको छ भने लेइपजिगको एक मात्र रहेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ