रेडियो काठमाण्डुले बढायो प्रसारण क्षमता
बिहीबार, १८ कात्तिक २०७८, ०९ : ०१
रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले प्रसारण क्षमता बढाएर एक हजार वाट पुर्याएको छ । यसअघि यो एफएम पाँच सय वाटमा प्रशारण हुँदै आएको थियो । २०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियो काठमाण्डुले लक्ष्मीपूजाको दिनदेखि औपचारिक रुपमा एक हजार वाट क्षमताबाट प्रसारण सुरु गरेको हो ।
‘परिवर्तन सम्भव छ’ भन्ने मूल नाराका साथ चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डु क्षमता वृद्धिसँगै अझै धेरै जिल्लामा स्पष्ट सुनिने सन्चालक युपी लामिछानेको विश्वास छ ।
रेडियो काठमाण्डु एफएम ब्याण्डको ९२.१ मेगाहर्जसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण हुँदै आएको छ । रेडियो काठमाण्डुले उत्पादन गरेका कतिपय कार्यक्रम देशरभरका एक सय बढी रेडियोहरुबाट प्रसारण हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलले पेस गरेका प्रतिवेदन माओवादी पदाधिकारी बैठकद्वारा अनुमोदन
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी