शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष चीज दिँदै विक्कीले कट्रिनालाई सोधे, ‘मंसँग बिहे गर्छौ ?’

बिहीबार, १८ कात्तिक २०७८, ०८ : ५७
बिहीबार, १८ कात्तिक २०७८

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको एक महिनाभित्र विवाह हुने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । सामाजिक सञ्जालमा विक्की र कट्रिनाको विवाहको विषयमा निकै चर्चा चलेको छ । रिपोर्टका अनुसार उनीहरु आउने डिसेम्बरमा विवाह गर्दैछन् । कट्रिना र विक्कीले विवाहको विषयमा खुलेर बताएका छैनन् । तर, विक्कीले कट्रिनालाई कसरी विवाहको प्रस्ताव राखेका थिए भनेर भारतीय सञ्चार माध्यमले लेखेका छन् । 

इन्डिया टुडेको रिपोर्टका अनुसार विक्कीले कट्रिनाको मनपर्ने चकलेट डार्क चकलेट ब्राउनी दिएका थिए । अभिनेत्रीको निजी स्रोतका अनुसार विक्कीले कट्रिनाको मायालु स्वाभावलाई मन पराएका थिए । लकडाउनको समयमा यी दुई नजिकिएका थिए । 

विक्कीले फिल्मी भएर कट्रिनालाई प्रस्ताव राखेका थिए । उनी कट्रिनाको मनपर्ने चकलेट बोकेर कट्रिनाको घर गएका थिए । उनले चकलेटको डब्बाभित्र ‘मसँग विवाह गर्छौ ?’ भनेर लेखिएको थियो । यसका साथमा एउटा औंठी पनि थियो । कट्रिनाले उनको प्रस्तावलाई स्वीकार गरेको पनि इन्डिया टुडेले लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप