मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा निर्वाचित

बिहीबार, १८ कात्तिक २०७८, ०७ : ५४
बिहीबार, १८ कात्तिक २०७८

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत नोभेम्बर २ मा कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)मा भएको निर्वाचनमा उनी नगर सदस्यमा निर्वाचित भएका हुन् । उनलाई उक्त नगरपालिकाको नगर सदस्यमा गत सेप्टेम्बर २४ ,२०२० मा नियुक्त समेत गरिएको थियो । नगरपालिकाको एक सदस्य पद रिक्त भएपछि श्रेष्ठलाई उनले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको थियो ।  

उनलाई विजयी गराउन नेपाली समूदायले ठूलो भूमिका निर्वाह गरेका थिए । उनलाई अधिकांशले मत दिएका थिए । अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महानगरपालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिङ) भनिन्छ । अमेरिकाको केही राज्य निर्वाचनपछि रिपब्लिकन मय भएको अवस्था र कनेक्टिकट राज्य पनि रिपब्लिकनहरुको गढ भएको राज्यमा पनि श्रेष्ठले बाजी मारेका हुन् ।

नेपाल सिन्धुपाल्चोक चौतारा घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २२ बर्ष देखि उक्त शहरमा चमेना गृहको व्यवसायमा संलग्न छन् । २५  बर्ष अगाडि अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेपलिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्विरोध निर्वाचित अध्यक्ष हुन् ।

यसअघि अमेरिकामा नगरपालिकाको निर्वाचनमा उपप्रमुखमा किरण सिटौला निर्वाचित भएका थिए । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उपप्रमुखमा खाता खोलेका थिए । उनी श्री कार्यकालको लागि समेत निर्वाचित भएका छन् । यसरी मुलधारमा प्रवेश गर्नेहरुमा सिटौलापछि क्रमशः  मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा एचबी ह्यारी भण्डारी, भर्जिनिया हे मार्केटका लागि नगर परिषद् सदस्यमा मधु पन्थी, भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद् सदस्य प्रदिप ढकाल ,टेक्सस ड्यालसका नगर परिषद सदस्य नेत्र पाण्डे र  राम चन्द्र श्रेष्ठ छैटोँ निर्वाचित नगर परिषद् सदस्य भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप