शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रियाको छलाङ, जम्बोको बाजी

बिहीबार, १८ कात्तिक २०७८, ०७ : ३१
बिहीबार, १८ कात्तिक २०७८

शुभ–दीपावली तथा तिहारको दोस्रो दिन बुधबार (यमपञ्चक) कुकुर  तिहार  मनाइएको छ । नेपाली सेना र नेपाल प्रहरीले तालिमप्राप्त कुकुरहरूको पूजा तथा पुरस्कृत गरी कुकर तिहार मनाएका हुन् । प्रहरीको केनाइन कार्यालय र सेनाको भैरब वाहन गुल्मले तालिमप्राप्त विभिन्न जातका कुकरलाई शान्तिसरक्षा तथा अपराध अनुसन्धानसम्बन्धी कला प्रदर्शन गर्न  लगाई कुकर तिहार मनाएका हुन् ।

प्रहरीको महाराजगन्जस्थित केनाइन महाशाखाले अपराध अनुसन्धान तथा खोज अनुसन्धानमा यस वर्ष उत्कृष्ट कार्यगर्ने कुकरहरूलाई  पुरस्कृत गरेको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले अपराध अनुसन्धानमा सफल 'जम्बो’, बाधापार र हाई जम्पतर्फ उत्कृष्ट 'रिया’, रनिङतर्फ 'कालु’ नामका कुकुरलाई पुरस्कार प्रदान गरे  । यस वर्ष उत्कृष्ट कार्य गर्ने डग ह्यान्डलर प्रहरी  कर्मचारीहरुलाई  समेत  पुरस्कृत​  प्रदान गरिएको छ ।

सो अवसरमा तालिमप्राप्त कुकुरहरूबीच हातहतियार तथा विस्फोटक पदार्थ, लागूऔषध, अपराधीको  खोजी  एवं पहिचान, हाई जम्प, दौड र आज्ञापालन प्रतियोगिता गराइएको थियो । यस्तै  व्यक्तिगत  सुरक्षा,  बाधापार,  रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धार कार्यलगायत प्रदर्शनीसमेत गरिएको  थियो ।

प्रहरी  नायब उपरीक्षक डा. रामचन्द्र सत्याल र प्रहरी निरीक्षक डा. चेतनारायण ज्ञवालीले तालिमप्राप्त कुकरका विशेषता र क्षमताका विषयमा चर्चा गरे । अपराध   अनुसन्धानलाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यका साथ २०२६ सालबाट तालिमप्राप्त कुकुर प्रयोग हुँदै आएको हो ।

नेपाल प्रहरीसँग ७५ भन्दा बढी तालिमप्राप्त कुकुर छन । सानोठिमीस्थित नेपाली   सेनाको भैरव वाहन गुल्ममा तालिमप्राप्त सैनिक कुकुरहरूको पूजा तथा कलाकौशल प्रदर्शनी गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी कुकरहरूको पूजा तथा कला प्रदर्शनी गरिएको हो । सेनाले २०५५ सालबाट शान्ति मिसनमा कुकुरको उपस्थिति गराएको  थियो । त्यसअघि दुर्लभ वन्यजन्तुको चारी सिकार नियन्त्रण, हातहतियार, विस्फोटक पदार्थलगायत घटनाको अनुसन्धानमा सैनिक कुकुर प्रयोग हुँदै आएको थियो । सेनासँग विभिन्न जातका ८० भन्दा बढी कुकुर छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप