ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स
सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।
यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ । यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ ।
विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विभागले स्मार्ट लाइसेन्स आउन अझै दुई महिनासम्म लाग्ने जनाएको छ । विभागले यसअघि पनि स्मार्ट लाइसेन्स ल्याउने प्रक्रियामा रहेको भन्दै चाँडै आउने बताउँदै आएको छ । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका सवारी चालकलाई अस्थायी परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का