बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध
बुधबार, १७ कात्तिक २०७८, २२ : ४९

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् ।
योसँगै अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले अध्यक्षका लागि बुधबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिन भनेको थियो । तर अन्तिम समयसम्म उपाध्याय बाहेक अरु कसैको उम्मेदवारी परेन ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्याय हालका संघका उपाध्यक्ष समेत हुन् । अध्यक्ष भुवन दाहाल आफ्नो दुई वर्षे कार्यकाल पुरा गर्दै कार्तिक २३ गतेबाट संघको नेतृत्वबाट बाहिरिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची