न्यायालयको निकास न्यायालयले नै खोजोस् : डा. महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीशले आफैं गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने महतको धारणा थियो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता महतले बुधवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या तत्काल अन्त्य हुनुपर्ने पनि बताए । प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रस्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उनले बताए ।
सर्वोच्चमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी भए पनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ४ वटा महत्त्वपूर्ण काम गर्न सफल भएको उनले बताए । बुधवार ताप्लेजुङमा पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गठबन्धन सरकारले गरेको कामबारे उनले प्रस्ट्याएका छन् ।
उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न केही ढिलाइ गरे पनि हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गरेको र असंवैधानिक ढंगबाट गरिँदै आएको नियुक्ति लगायतका क्रियाकलाप नियन्त्रण गर्न सरकार सफल हुँदै गएको छ ।
परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरूको उचित व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको उनले बताए ।
सहमहामन्त्री महतले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताए । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको समय पटक–पटक परिवर्तन गर्नु परे पनि अब पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिका अनुसार महाधिवेशन हुने उनले ठोकुवा गरे । आउँदो महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिने पनि घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण