अमेरिका-निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान
बुधबार, १७ कात्तिक २०७८, १९ : ४६
अमेरिकी निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिवद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले बुधबार जानकारी गराएको छ । यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो ।
निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ ।
ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ ।
सेवा क्षेत्रमा भएको अधिकांश वृद्धिमा महामारी प्रतिबन्धको कारण नराम्ररी प्रभावित भएका मनोरञ्जन र आतिथ्य प्रदायक व्यवसायहरू पनि समावेश रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी