पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्यो
पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् ।
उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पु¥याएर आउन जान दिने गरेका छन् ।
अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।
अफगानिस्तानको दक्षिणी सहर कान्दहरबाट पाकिस्तानका लागि व्यापारीक कारोवार धेरै हुने गरेको छ ।
पाकिस्तानी पत्रिकाहरूका अनुसार सो नाका गत अक्टोवर ५ देखि बन्द भएको थियो । नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए । नाका खुल्ला भएपछि सवै खुशी भएका छन् ।
“पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः खुल्ला गरिएको छ, त्यहाँबाट अव सामान ओसार पसार गर्नुका साथै मानिसहरु पनि आवत जावत गर्न थालेका छन्,” पाकिस्तानी उच्च सिमा सुरक्षा अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला