शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरिने

बुधबार, १७ कात्तिक २०७८, १९ : ०५
बुधबार, १७ कात्तिक २०७८

कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु-याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन् ।  

कार्यबहाक प्रधानमन्त्री खाँणले बाढीपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए । उनले पीडितहरुलाई राहत दिने, घाइतेहरुको उपचारको व्यवस्था गर्ने र हराइरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रुपमा अघि बढाइरहेको पनि स्मरण गराए । 

सरकारले बाढी पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले बताए । कार्यबहाक प्रधानमन्त्री खाँणले बाढिपहिरोले भत्काएको सडक, सिँचाइलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले पहाडी जिल्लाहरुको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद आउन नदिने खालको कार्यक्रमहरु ल्याउन सरकार लागिपर्ने पनि बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप