बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राखेपमा सदस्य सचिव नियुक्तिका लागि ३ सदस्यीय समिति गठन

बुधबार, १७ कात्तिक २०७८, १९ : ००
बुधबार, १७ कात्तिक २०७८

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाडौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरीएको हो । 

यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका सहसचिव विष्णु राज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकेको थियो । 
सरकारले केहीअघि सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि सो पद रिक्त छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप