सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पोखरामा म्याराथन दौड प्रतियोगिता हुने

बुधबार, १७ कात्तिक २०७८, १८ : ४८
बुधबार, १७ कात्तिक २०७८

 पोखरामा भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ७ मा ‘सफल पोखरा म्याराथन’ दौड प्रतियोगिता हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले आगामी फागुन ७ मा १६ ओैं म्याराथनको आयोजना गरिने जानकारी दिएको हो । 

कार्यक्रम अन्तर्गत १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टिविहिन दौड प्रतियोगिताको आयोजना गरिने अध्यक्ष हरि पराजुलीले जानकारी दिए ।
उनका अनुसार यस पटकको प्रतियोगितामा पुरस्कार रकम बृद्धि गरिएको छ । अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख प्राप्त गर्दै आएका विजेताले यस पटक भने ४ लाख पाउने छन् । उपबिजेताले २ लाख, तेश्रोलाई १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिइने अध्यक्ष पराजुलीले बताए । ‘पोखराको सडकमा एकैपटक सयौं खेलाडी दौडन्छन्,यो हाम्रो मेगा ईभेण्ट हो,’ उनले भने, ‘यसलाई अझै परिष्कृत गर्दै देशकै नमूना इभेण्ट बनाउने छौं ।’

प्रतियोगितालाई सुजल डेरीले थप तीन वर्षको लागि सम्झौता नवीकरण गरेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भूतपूर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गरेको हो । सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले र मञ्चका अध्यक्ष हरि पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति भएको छ । अघिल्लो वर्षको सम्झौता अनुसार साढे ४ लाख रुपैयाँ प्रालिले उपलब्ध गराउँदै आएको थियो । अब नयाँ सम्झौता थप भएपछि प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप