आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुबाट अमेरिकी पेस्तोलसहित लागुऔषध कारोबारी पक्राउ

बुधबार, १७ कात्तिक २०७८, १७ : ५६
बुधबार, १७ कात्तिक २०७८

अमेरिकी पेस्तोलसहित एक लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान अमरिकी  पेस्तोल र लागुऔषध सहित पक्राउ परेका हुन् ।  भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई  अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

उनको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने गोली २८ राउड , ४२ थान क्याप्सुल र २१ थान ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै एक थान मोवाईल, ४ थान पेनड्राइभ र उक थान वाईफाई स्पिडर समेत बरामद गरिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप