कास्कीको माछापुच्छ्रेबाट ११ जुवाडे पक्राउ
बुधबार, १७ कात्तिक २०७८, १६ : ४३

कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । मंगलबार राति जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले माछापुच्छ्रे–२ स्थित तातोपानीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई १५ लाख २४ हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका ११ जनासँग बयान लिएर अनुसन्धानको लागि म्याद थपका लागि अदालतमा पेश गरेको जनाएको छ । कास्की प्रहरीले तिहार नजिकिएसँगै जुवातास खेल्ने, पटका पट्काउने र लागू औषधको कारोबार बढ्न सक्ने आशंकामा सादा पोशाकका प्रहरी परिचालन गरेर चेकजाँचलाई कडाइ गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते