शिक्षामन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, १० लाख डलर सहयोग गर्ने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो ।
भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् ।
उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । राजदूत फेलिसिटीले सन्. २०२३ सम्म नेपाललाई शैक्षिक क्षेत्रको विकासका लागि १ मिलियन (१० लाख) अमेरिकन डलर सहयोग गर्ने पनि बताइन् । भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव,सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
-
पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स