बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, १० लाख डलर सहयोग गर्ने

बुधबार, १७ कात्तिक २०७८, १६ : ४०
बुधबार, १७ कात्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो । 

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् । 

उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।   राजदूत फेलिसिटीले सन्. २०२३ सम्म नेपाललाई शैक्षिक क्षेत्रको विकासका लागि १ मिलियन (१० लाख) अमेरिकन डलर सहयोग गर्ने पनि बताइन् । भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव,सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप