सीजी ग्रुपले ल्यायो बेको ब्रान्ड
नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । योसँगै अब सीजीले नेपाली बजारमा आफ्नो उत्पादनसँगै बेको ब्रान्डका इलेक्ट्रोनिक्स उत्पादनहरु समेत विक्रिवितरण गर्नेछ ।
सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्रान्ड भित्र्याएको हो । यहीँ नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्ने सीजीले लक्ष्य राखेको छ ।
साथै, दुई पक्षबीचको सहकार्यले स्थानिय बजारको साथसाथै नेपाली ईलेक्ट्रोनिक्स् क्षेत्रको विकासमा समेत टेवा पुग्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार हाल नेपाली बजारमा बेको ब्रान्ड्को वाशिङ मेसिनहरु तीब्रतर रुपमा विक्रिवितरण भइरहेको छ । यस्तै बेका ब्रान्डकै अर्को उत्पादन डिसवशरका साथमा अन्य थुप्रै उत्पादनहरु समेत छिटै बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।
सन् १९५५ मा स्थापित बेको ब्रान्ड यूरोप लगायत संसारमै बढी रुचाएको ईलेक्ट्रोनिक्स ब्रान्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो डिएभी बी.सी.ए. अन्तर कलेज फुटसल कपको तयारी पूरा
-
डढेलो सहर पसेपछि... (तस्बिरहरू)
-
दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि बेर छैन : अध्यक्ष प्रचण्ड
-
न्युजिल्यान्डले भ्रमणकारी टोली श्रीलंकालाई दियो २५६ रनको लक्ष्य
-
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने
-
साढे २४ अर्ब लागतमा दुई पाइपलाइन निर्माण गर्ने निगमको तयारी