दोस्रो सोसियल मिडिया फिल्म अवार्ड आयोजना हुने
चलचित्र, वृत्तचित्र, विज्ञापन, समचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोलाई लिएर ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ आयोजना हुने भएको छ । ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रालिले आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ यो दोस्रो संस्करणमा यसपटक लिडिड वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ ।
यसअघि २०७५ सालमा ‘सोसियल मिडिया फिल्म अवार्ड भव्यताका साथ सम्पन्न भएको थियो । अवार्डको दोस्रो संस्करणमा सहभागिताका लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गतेदेखि फारम खुला गरिएको सोसियल मिडिया फिल्म अवार्डकी अध्यक्ष जानकी प्रधानले बताइन् ।
अध्यक्ष प्रधानका अनुसार मूलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भइरहेका बेला फरक धारको यो अवार्ड गर्न लागिएको उनको भनाई छ ।
ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रालिकी अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शवनम् मुखियाले अवार्डमा ‘सर्ट फिल्म’ अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा प्रतिष्पर्धा हुने बताइन् ।
पहिलो महिला छायाँकारसमेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिइने जानकारी दिइन् ।
कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामूलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ।
संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारिताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ । फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामूलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ । मनोनयनमा परेका मध्येबाट उत्कृष्ट छानेर विशेष समारोहमार्फत् ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् ।
सहभागिताका लागि लागि सहभागीले अपनाउनुपर्ने नियम र विषयवस्तुबारे ‘सोसियल मिडिया फिल्म अवार्ड’ को फेसबुक पेजमार्फत जानकारी पनि राखिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान