शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुर तिहार : प्रहरीको वर्ष उत्कृष्ट जम्बो, रियाले जितिन् दोहोरो मेडल

बुधबार, १७ कात्तिक २०७८, १२ : ५९
बुधबार, १७ कात्तिक २०७८

नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुहरुले कला प्रदर्शनी पनि गरेका छन् ।

अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएको जम्बो प्रहरीको यस वर्षको ‘वर्ष कुकुर’ ठहरिएको छ । नेपालगञ्जमा रहेको जम्बोलाई उत्कृष्ट वर्ष कुकुरको मेडल प्रदान गरिएको केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए । जम्बोले पाएको मेडल ह्याण्डलरमार्फत नेपालगञ्ज पठाइएको छ । जम्बो जर्मन सेफर्ड जातको कुकुर हो ।

२०७७ मंसिर २७ मा कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटामा हत्या गरिएकी ५९ वर्षको सुशीला खड्काको हत्याको अनुसन्धान जम्बोको सहयोगमा गरिएको थियो । रुकुम पश्चिम र सल्यानमा भएको हत्याका घटना पत्ता लगाउन पनि जम्मोले उत्कृष्ट भूमिका खेलेको थियो । त्यसैले जम्बे यस वर्षको उत्कृष्ट वर्ष कुकुर ठहरिएको छ ।

काठमाडौंमा केनाइन महाशाखाले गराएको प्रतिस्पर्धामा बेल्जियम सेफर्ड जातकी रियाले दोहोरो मेडल जितेकी छिन् । हाइजम्प र बाधापारमा रियाले दोहोरो मेडल हाँसिल गरेको डिएसपी सत्याले बताए । दौडतर्फ यसवर्षको उत्कृष्ट कुकुरचाहिँ कालु भएको छ । कालु ल्यावरोडर जातको कुकर हो ।

प्रहरीसँग नेपालभरी ८७ ओटा तालिमप्राप्त कुकुर छन् । काठमाडौंस्थित केनाइन महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४७ वटा कुकुर छन् । प्रहरीसँग ७ प्रजातिका कुकुर छन् । ती कुकुरहरुलाई अपराध अनुसन्धानमा प्रयोग गरिन्छ ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप