तालिबानले विदेशी मुद्रामाथि लगायो प्रतिबन्ध, उल्लंघन गरे कारवाहीको चेतावनी
तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाइदिएको छ । पहिलादेखि नै धरासयी भएको त्यहाँको अर्थव्यवस्था यो कदमपछि थप खस्किने बताइएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अबदेखि घरेलु लेनदेनमा कुनै व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उनीमाथि कारवाही गरिने चेतावनी पनि दिएका छन् ।
आफ्नो बयानमा प्रवक्ताले भने, ‘देशको आर्थिक स्थिति र अन्य हितका लागि हरेक अफगान नागरिकले आफगानी मुद्राको मात्रै प्रयोग गर्नुपर्छ । इस्लामी इमिरेट्स सबै नागरिक, पसले, व्यापारी र सर्वसाधारणले सबै लेनदेन अफगानी मुद्रामा नै गर्न आदेश दिइएको छ । र विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाउँछ ।’ १५ अगस्टमा देशमाथि कब्जा जमाएपछि अफगानिस्तान मुद्रा ‘अफगानी’ को मूल्य असाध्यै खस्किएको छ ।
اعلامیه امارت اسلامی در مورد ممنوعیت کامل استفاده از پولهای خارجی در کشورhttps://t.co/T0RhBmczvt pic.twitter.com/rEUjdaL4zE
— Zabihullah (..ذبـــــیح الله م ) (@Zabehulah_M33) November 3, 2021
देशको विदेशी मुद्राको भण्डार अन्तरराष्ट्रिय समुदायले फ्रिज गरेको छ । बैंकले तरलता अभावको सामना गरिरहेको छ र संसारका धेरैजसो देशले अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिने मूडमा छैन ।
हालको समयमा अफगानिस्तानभित्र थुप्रै व्यापारिक लेनदेख अमेरिकी डलरमार्फत् भइरहेको छ । र पाकिस्तानको सीमासँग जोडिएको इलाकामा पाकिस्तानी रुपैयाँ चलनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
-
‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट
-
नागरिकका गुनासा सुन्न लुम्बिनीका मन्त्री थापा पैदल यात्रामा
-
एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग