कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा
बुधबार, १७ कात्तिक २०७८, १२ : २७

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढी पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाए ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा बाढी पहिरोबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ । सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी यहाँ आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी चार प्रदेशमा वर्षाको सम्भावना
-
प्रिमियर लिग : न्यूक्यासल युनाइटेड पाँचौ स्थानमा उक्लियो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग