शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

बुधबार, १७ कात्तिक २०७८, ११ : १३
बुधबार, १७ कात्तिक २०७८

नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।

‘संगठन विस्तार अभियान अन्र्तगत हामीले प्रदेश, जिल्ला र विभिन्न विभागहरुलाई पूर्णता दिइसकेका छौ, अहिलेसम्म ५० प्रतिशत पालिका गठन भएका छन्’, महासचिव भुसालले भने, ‘वडा कमिटीहरु पनि धमाधम गठन भइरहेका छन्, छिटै पूर्णता दिने तयारी छ ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप