बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केही बालोपयोगी सामान्य ज्ञान

बुधबार, १७ कात्तिक २०७८, १० : ४८
बुधबार, १७ कात्तिक २०७८

१, चितवन माडीको अयोध्यापुरीमा रामसीताको मूर्ति कहिले स्थापना भएको थियो ?

(क) २०७७ साल माघ आठ गते, (ख) २०७७ साल फागुन आठ गते, (ग) २०७७ साल चैत आठ गते, (घ) २०७८ साल वैशाख आठ गते

२, महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीका पालामा शिक्षामन्त्री भएका थिए ?

(क) टङ्कप्रसाद आचार्य, (ख) मातृकाप्रसाद कोइराला, (ग) डा. के आई सिंह, (घ) विश्वेश्वरप्रसाद कोइराला

३, विश्वको दोस्रो अग्लो बञ्जी जम्प कहाँ निर्माण भएको छ ?

(क) काली गण्डकीमा निर्मित झोलुङे पुलमा, (ख) भोटेकोशीमा निर्मित झोलिङे पुलमा, (ग) सुनकोशीमा निर्मित झोलिङे पुलमा, (घ) कर्णाली नदीमा निर्मित झोलिङे पुलमा

४, आयुर्वेदका प्रवर्तक भनेर कसलाई लिने गरिएको छ ?

(क) महर्षि अत्रि, (ख) भगवान् धन्वन्तरी, (ग) आचार्य चरक, (घ) आचार्य सुश्रुत

५, नेपालको साक्षर घोषित पहिलो प्रदेश कुन हो ?

(क) वागमती प्रदेश, (ख) गण्डकी प्रदेश, (ग) लुम्बिनी प्रदेश, (घ) २ नं. प्रदेश

६, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता कहिले प्रदान गरिएको थियो ?

(क) २०६३ साल, (ख) २०६४ साल, (ग) २०६५ साल, (घ) २०६६ साल

७, सैपाल हिमाल नेपालको कुन जिल्लामा पर्छ ?

(क) डोटी, (ख) मुगु, (ग) हुम्ला, (घ) बझाङ

८, संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

(क) अमेरिका, (ख) बेलायत, (ग) रुस, (घ) चीन

९, सर्वप्रथम नामकरण भएको प्रदेश कुन हो ?

(क) सुदूर पश्चिम, (ख) कर्णाली, (ग) बागमती, (घ) लुम्बिनी

१०, नेपालमा जनगणनाको सुरुवात कति सालदेखि भएको हो ?

(क, १९६६ साल, (ख) १९६७ साल, (ग) १९६८ साल, (घ) १९६९ साल

११, नेपालमा कागजी नोटको प्रयोग कहिलेदेखि भएको हो ?

(क) २००१ साल, (ख) २००२ साल, (ग) २००३ साल, (घ) २००४

१२, शाहवंशीय राजाहरूमा सबैभन्दा बढी शासन गर्ने राजा को हुन् ?

(क) राजा त्रिभुवन, (ख) राजा महेन्द्र, (ग) राजा राजेन्द्र, (घ) पृथिवीनारायण शाह

१३, वैदिक सभ्यता भनेर कुन सभ्यतालाई लिने गरिएको छ ?

(क) हिन्दूसभ्यता, (ख) आर्यसभ्यता, (ग) सिन्धुघाँटी सभ्यता, (घ) नीलघाँटी सभ्यता

१४ उड्ने मोटरसाइकल बनाउने देश कुन हो ?

(क) चीन, (ख) कोरिया, (ग) जापान, (घ) अमेरिका

उत्तर

१– (घ), २– (ग), ३– (क), ४– (ख), ५– (क), ६– (ग), ७– (घ), ८– (ग), ९– (ख), १०– (ग), ११– (ख), १२– (क), १३– (ख), १४– (ग)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालसंसार डेस्क
बालसंसार डेस्क
लेखकबाट थप