आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् । पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरेका हुन् ।
“हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उनले भने । वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्र्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल
-
सहकारीको बचत रकम अपचलन गर्ने ढोरपाटनका मेयर नेपाली जेल चलान
-
इजरायली सेनाले भन्यो- 'हामी कडा प्रतिक्रियाका लागि तयार छौँ'
-
नेपाल क्यानडासँग चार विकेटले पराजित
-
नेतान्याहूलाई इरानी राष्ट्रपतिको चेतावनी : 'इरानसँगको द्वन्द्वमा नपर्नू'
-
इजरायललाई इरानी आक्रमणबाट जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको निर्देशन