काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध
मङ्गलबार, १६ कात्तिक २०७८, २१ : ३३
काठमाडौं उपत्यकामा तिहारको अवसरमा राति ९ बजेपछि देउसी र भैलो खेल्न नपाउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार सो निर्णय गरेका हुन् । कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य मापदण्ड पालना गरेर राति ९ बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयसँग समन्वय गरेर सो निर्णय गरेका हुन् । स्थानिय प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर देउसी खेल्न अनुमती दिएपनि कति जनासम्म भेला हुने पाउने भन्नेबारे खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण