विदेशबाट ल्याएको सुन र मोबाइल लुटेको आरोपमा २ जना पक्राउ
विदेशबाट फर्किएका व्यक्तिहरुको सुन र मोवाइल लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कात्तिक ११ मा सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजय कुमार चौधरीको सुन र मोवाइल लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा गोरखा आरुघाट घर भएका ३० वर्षीय मिलन काप्री र दाङको घोराही उपमहानगरपालिका–११ घर भएका २५ वर्षीय युवराज कुँवर छन् ।
कतारबाट फर्केका चौधरीलाई मध्यराति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ जाँदै गर्दा लुटेका थिए । चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआईडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका हुन् ।
लुटमा संलग्नहरूले बागमती प्रदेश–०२–०१५ प ७४६८ नम्बरको मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी वृत गौशालाको टोलीले आरोपीहरुको साथबाट लुटमा प्रयोग भएको सो मोटरसाइकल बरामद गरेको छ ।
मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । फरार अरु आरोपीहरुको खोजी भइरहेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी केशव भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा