काठमाडौंमा अवतरण गर्न लाग्दा फ्लाई दुबईको जहाजमा चरा ठोक्कियो
मङ्गलबार, १६ कात्तिक २०७८, २१ : १६
त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ । जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । दुर्घटनामा मानवीय क्षती भने भएको छैन् ।
उडान नम्बर एफजेड–५७४ को विमान ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने क्रममा चरा ठोक्किएको थियो । ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने सो जहाजको उडान स्थगित गरिएको छ । दुबई जानका लागी विमानस्थल पुगेका १ सय ७९ जना यात्रुलाई होटल सोल्टी र स्पोर्टस् होटलमा राखिएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने
-
इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने
-
१५ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार बढीको मृत्यु
-
न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था : प्रधानन्यायाधीश राउत