सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पोखरामा लागू औषधसहित एक युवक पक्राउ

मङ्गलबार, १६ कात्तिक २०७८, २१ : ०४
मङ्गलबार, १६ कात्तिक २०७८

पोखरा । पोखरामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावरहाउसबाट ठूलो परिणामको लागू औषधसहित युवकलाई प्रहरीले पक्राउ गरेको हो। सवारी चेकजाँच गर्ने क्रममा म्याग्दी मालिका–४ ओखरबोट स्थायी घर भइ हाल बेनी नगरपालिका –८ क्याम्पस चोक बस्दै आएका २२ वर्षीय गौरव बुढालाइ लागू औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले बताए ।

प्रहरीले बुढाको साथबाट डाईजापाम –१२६ एम्पुल, नुर्फिन –१२६ एम्पुल र फेनारगन –१२६ एम्पुल बरामद गरेको उनले बताए । लागू औषध सहित पक्राउ परेका युवालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता हमालले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप