कर्णाली प्रदेश : शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भोलि
कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।
आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण