मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भोलि

मङ्गलबार, १६ कात्तिक २०७८, २० : ५८
मङ्गलबार, १६ कात्तिक २०७८

कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले  मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।

आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ ।  मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप