शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिवद्ध छ: मन्त्री मोक्तान

मङ्गलबार, १६ कात्तिक २०७८, २० : १६
मङ्गलबार, १६ कात्तिक २०७८

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । मंगलबार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ फाँटबजारमा आयोजित चौथो विनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मोक्तानले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले प्रतिबद्ध भएर योजनाहरू कार्यान्वयन गर्ने बताएकी हुन् ।

प्रदेशको १३ वटै जिल्लाको ११९ वटै पालिकाको सामाजिक तथा खेलकुद विकासको लागि आफ्नो कार्यकालमा प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । युवा पुस्ताको सक्रिय उपस्थिति रहेको खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारको तर्फबाट आवश्यक योजनाहरू कार्यान्वयन गरी खेलाडी उत्पादन र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्ने बताइन् ।

वर्तमान अवस्थामा खेल क्षेत्रले राष्ट्र र राष्ट्रियताको मुद्दालाई बलियो बनाउनुको साथै नेपालीहरूलाई आपसमा जोड्ने तथा राष्ट्रियताको भावना प्रगाढ बनाउने काम गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप