मकवानपुरमा राति ८ बजे सम्म देउसी भैलो खेल्न पाइने
मकवानपुरमा राति ८ बजे सम्म देउसी भैलो खेल्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै तिहारमा खेलिने देउसी तथा भैलो जस्ता कार्यक्रमहरू राति ८ बजे सम्म सञ्चालन गर्न अनुमति दिएको हो ।
प्रशासन कार्यालय मकवानपुरको सूचना अनुसार देउसी भैलो कार्यक्रममा कम व्यक्तिहरू भेला भई साङ्केतिक रूपमा आयोजना गर्न भनिएको छ । सो बाहेकका अन्य मेला, महोत्सव र मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन नगर्न प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
मकवानपुरमा कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या कम देखिएता पनि सङ्क्रमणको जोखिम अझै यथावत् नै रहेको हुँदा तिहार तथा छठ लगायतका पर्वहरू जनस्वास्थ्यका मापदण्डहरू पालना गरी मनाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आग्रह गरेका छन् ।
साथै, तिहार र छठ पर्व मनाउने क्रममा नगरिकहरुको स्वास्थ्य एवं सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने पटाका, भुँईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न पनि उनले आग्रह गरेका छन् ।
त्यस्ता पदार्थको भण्डारण, ओसार–पसार, विक्री वितरण तथा प्रयोग गर्न पूर्ण रूपमा बन्देज गरिएकाले सो प्रकृतिका क्रियाकलाप नगर्न, नगराउन हुन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’