नेपाली पहिरनलाई प्रवर्द्धन गर्दै आलिया बजार

तीन महिना अगाडीदेखि सञ्चालनमा आएको ई–कमर्श कम्पनी आलिया बजारले नेपाली पहिरनको प्रवर्द्धन गर्न थालेको छ । कम्पनीले ढाका, पस्मिना लगायतका नेपाली पहिचान बोकेका पहिरनलाई स्वदेशीसहित विदेशी बजारमा प्रवर्द्धन गर्न थालेको हो ।
कम्पनीकी सञ्चालक समीक्षा कार्कीले नेपालको मौलिक पहिरनलाई पहिचानका रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिइएको बताइन् । उनले यही तिहारदेखि यो योजनालाई अगाडी बढाएको जानकारी दिइन् ।
आगामी दिनमा अन्तर्राष्ट्रिय अर्डर र डेलिभरीलाई प्राथमिकतामा राख्ने योजना बनाएको कम्पनीले नेपालको मौलिक वस्तुको बिक्रीलाई जोड दिएको छ । कार्कीले भनिन्, ‘आलिया बजारमा आएको अन्तर्राष्ट्रिय अर्डर अनुसार नेपाली मौलिक पहिरन र मौलिक वस्तुको व्यापार गर्ने लक्ष्य लिएका छौँ ।’
हाल विदेशी ग्राहक र कम्पनीले नेपाली वस्तु किन्न परेमा नेपाल आउनुपर्छ । आलिया बजारले विदेशी ग्राहकको अर्डर अनलाइनमार्फत लिने र अर्डर गर्ने लक्ष्य लिएको कम्पनीले बताएको छ । कम्पनीले तिहारमा ढाका र पस्मिनाबाट बनेका पहिरनको व्यापार गर्ने गरी योजना समेत बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन