शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ऋणै ऋणमा मनाङे, नेपाललाई विद्युत निर्यातको अनुमति

मङ्गलबार, १६ कात्तिक २०७८, १९ : २९
मङ्गलबार, १६ कात्तिक २०७८

आज २०७८ कार्तिक १६ गते मंगलबार । आज दिन भरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रदेश १ मा नयाँ सरकार, कर्णालीमा नेपाली काँग्रेसद्वारा दाबी पेस, नेपालले पायो विद्युत निर्यातको अनुमति, प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु, काठमाडौँ छाड्नेलाई बसपार्कमै खोप, देउवा र मोदीबीच भेटवार्ता​ लगायत छन् ।

१‍. राईले लिए शपथ

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई पद तथा गोपनीयता सपथ गराएका हुन् । यसैगरी, उनले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका छन् । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहेका छन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप