मुख्यमन्त्री राईले लिए शपथ
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।
यसैगरी, उनले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका छन् । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहेका छन् । उनीहरुलाई पनि मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ गराए ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासिद खान बने टी–२० क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी
-
रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला