उदयपुरगढीमा सानिमा बैंकको शाखा
मङ्गलबार, १६ कात्तिक २०७८, १८ : २०
सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी सेवा प्रवाह थालेको छ । गढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले आज (असोज १६ गते) संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।
गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बंैकले देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालन गरिरहेको छ ।