आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कुमारी बैंकका सेयरधनीले बोनस सेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने

मङ्गलबार, १६ कात्तिक २०७८, १८ : १८
मङ्गलबार, १६ कात्तिक २०७८

कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो । 
साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ । 

बैंकको २१ औं वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन पनि आवश्यक छलफलपश्चात पारित गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को  असार मसान्तसम्म बैंकले कुल निक्षेप परिचालन १ खर्ब ५७ अर्ब १७ तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरेको जानकारी दिएको छ । संचालन मुनाफा तीन अर्ब १९ करोड तथा खुद मुनाफा एक अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ । 

बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी १९६ शाखा सञ्जाल, १७५ एटीएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप