अर्थ समितिमा स्टील उद्योगीले भने – सरकारको नीतिले ६ महिनामा २४ उद्योग बन्द हुन्छन्
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा स्टील उद्योगीले सरकारले बजेटमार्फत ल्याएको नीतिको विरोध गरेका छन् । उनीहरुले समितिमा गएर अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको व्यवस्थाले २४ वटा स्टील उद्योग ६ महिनामा बन्द हुने बताए ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत स्पञ्ज आइरनमा भन्सार र अन्तशूल्क छुट दिएको थियो । यस्तै, विदेशबाट आयात हुने विलेटको भन्सार यथावत राख्दै अन्तःशुल्क बढाएको थियो । यसले विलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएका उद्योग ६ महिनामा बन्द हुने उनीहरुले बताए ।
साखः स्टिलका प्रबन्ध निर्देशक किरण प्रकाश साखःले बजेटको व्यवस्था छिटो फिर्ता लिनुपर्ने उल्लेख गरे । उनले छिटो निर्णय फिर्ता लिँदा राष्ट्रलाई फाइदा पुग्ने समेत बताए । ‘निर्णय फिर्ता लिन ६ महिना ढिला भए ३० वटा स्टील उद्योगमध्ये २४ वटा उद्योग बन्द हुन्छन्,’ उनले भने ।
पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदीप श्रेष्ठले सरकारको सो निर्णयले डेढ महिना भित्रमा ४ वटा स्टिल उद्योग बन्द भईसकेको समितिलाई जानकारी गराए । अव २ वटा उद्योग पनि बन्द हुने अवस्था रहेको उल्लेख गर्दै उनले बजेटको व्यवस्था तत्काल फिर्ता लिनुपर्ने बताए ।
समितिका सदस्य सुरेन्द्र पाण्डेले सरकारले लगाएको अन्तःशुल्क घटाउने पाउने व्यवस्था रहेको बताउँदै तत्काल अर्थमन्त्रालयसँग छलफल गरेर फिर्ता लिनुपर्ने बताए । उनले समितिले तत्काल अन्तशूल्क फिर्ता लिन निर्देशन दिनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या