मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने

मङ्गलबार, १६ कात्तिक २०७८, १८ : ०६
मङ्गलबार, १६ कात्तिक २०७८

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ । पब्लिक कम्पनीमा परिणत भएपछिको छैठौं वार्षिक साधारणसभाले शेयरधनीलाई लाभांश दिनेबारे सञ्चालक समितिले गरेको निर्णय स्वीकृत गरेको हो । 
कम्पनीले साधारण शेयरधनीलाई बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गरी लाभांश लिन आग्रह गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारणसभाले शेयरधनीहरूलाई चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँँको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँमात्र नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित संलग्न विवरणहरू पनि पारित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप