सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कुनै बेला फिल्म हेर्ने पैसा नहुने शाहरुख आज ५१ सय करोडका मालिक !

मङ्गलबार, १६ कात्तिक २०७८, १७ : ३८
मङ्गलबार, १६ कात्तिक २०७८

दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक, जसको परिवारसँग उनलाई फिल्म हेर्न लैजानका लागि पर्याप्त पैसासमेत थिएन । उनै युवक अर्थात शाहरुख खान आज ५१ सय करोडका मालिक बनेका छन् ।  शाहरुख १५ वर्षको हुँदा उनका बाबुको मृत्यु भयो । त्यसपछि उनले आफ्नो खर्च जुटाउनका लागि सानो–तिनो काम गर्न थाले । उनी कन्सर्टहरुमा सिट मिलाइदिने काम गर्दथे, यसका लागि उनलाई ५० रुपैयाँ मिल्थ्यो । संघर्षका दिनमा धेरैपटक आफू दिल्लीका गल्लीहरुमा सुतेको शाहरुखले बताएका छन् । 

अभिनयमा स्थापित हुने अभिलाषाका साथ उनी दिल्लीबाट मुम्बई आएका थिए । १९९१ मा आमाको मृत्यु हुँदासम्म शाहरुखले टिभी सिरियलहरुमा काम गर्न थालिसकेका थिए । तआमाको मृत्युपछि उनकी दिदीमा मानसिक समस्या देखियो । दिदीको उपचार खर्च जुटाउनुपर्ने जिम्मेवारी शाहरुखकै काँधमा थियो । यतिबेला शाहरुखले शोकबाट मुक्त हुनका लागि फिल्ममा खेल्ने निर्णय गरे । १९९२ मा रिलिज भएको उनको पहिलो फिल्म दिवाना सफल भयो । यही वर्ष चमत्कार र राजु बनेगा जेन्टलम्यान पनि रिलिज भए, यी फिल्मको व्यापार पनि राम्रो रह्यो । त्यसयता, शाहरुखले जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन । आज  बलिउडमा उनले बादशाहको छवि बनाएका छन् । शाहरुखको चर्चा हामी यसकारण गर्दैछौं किनकी उनी आजबाट ५६ वर्षको भएका छन् । 

शाहरुख केवल मानिसको मनमा मात्रै राज गर्दैनन्, सधैं चर्चामा पनि रहन्छन् । उनको घरदेखि उनले लगाउने घडीसम्मको चर्चा हुन्छ । दिल्लीको चाँदनी चोकको गल्लीदेखि मुम्बईको मन्नतसम्मको शाहरुखको यात्रा सहज थिएन । तर, उनी आज बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेता हुन् । बलिउडमात्रै होइन, टम क्रुज, टम हैक्स र एडम स्यान्डलरजस्ता हलिउडका अभिनेतालाई पनि कमाईको मामिलामा उनले पछि पारिसकेका छन् । शाहरुख कोलकाता नाइट राइडर्स नामक क्रिकेट टिमका मालिक पनि हुन् । 

५ हजार १ सय करोडका मालिक 
शाहरुखले आफ्नो पुरै करियरमा ५१ सय करोड रुपैयाँ कमाएका छन् । एक रिपोर्टअनुसार शाहरुखले हरेक महिना कम्तिमा १२ करोड रुपैयाँ कमाउने गरेका छन् । जबकी, वर्ष दिनभरको कमाई २ सय ४० करोड भारुभन्दा धेरै छ । उनले फिल्म र विज्ञापनको सुटिङबापत राम्रो रकम कमाउने गरेका छन् । फिल्मबापत ४०–५० करोड र विज्ञापनको सुटिङका लागि २२ करोड रुपैयाँ फिस लिन्छन् । 

शाहरुखको घरको ‘मन्नत’ नामले चिनिन्छ । फ्यानहरु यो घरबाहिर आएर फोटो खिच्ने गर्छन् । यस घरको मुल्य २ सय करोड भारु हो । शाहरुखले दुबईमा पनि अर्को एउटा सानो घर किनेका छन् । यसमा ६ वटा बेडरुम छ । 

घडी र गाडीको शौख 
शाहरु घडी र गाडीका सौखिन हुन् । उनलीसँग बुगाटी भेरोरो, बीएमडब्ल्यु ६ सिरिज, मित्सुबिसी पजेरो, बिएमडब्ल्यु ७ सिरीज आर, ओडि ए ६, ल्यान्ड क्रुजर, रोल्स रोयस ड्रप हेट कूपलगायतका विलासी गाडीहरु छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप