बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

नाफा बुक गरेका लगानीकर्ता फेरि बजारमै फर्किए, २३ अंकको सुधार

मङ्गलबार, १६ कात्तिक २०७८, १७ : ०६
मङ्गलबार, १६ कात्तिक २०७८

सेयर लगानीकर्ताले नाफा बुक गरेपछि फेरि बजारमै फर्किएका छन् । गत सातादेखि निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हिजो सोमबार १७ अंकले घटेको थियो । निरन्तर बढेपछि हिजो लगानीकर्ताले एक हप्ताको नाफा बुक गर्दा बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।

तर, हिजो नाफा बुकसँगै लगानीकर्ता आजै बजारमा पस्दा नेप्से परिसूचक २३ अंकले बढेको छ । बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो सोमबार साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।

नेप्सेमा ६ अर्ब रुपैयाँ बराबरका ९९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । बजार बढेपनि व्यापार समूह ६९ अंक, बैंक समूह ०.२३ र लगानी समूहमा ०.१५ अंकको गिरावट आएको छ । यीबाहेक अन्य सबै समूहमा सुधार आएको छ ।

विकास बैंक समूहमा सबैभन्दा बढी १९१ अंकको सुधार आउँदा निर्जीवन बीमा समूहमा १६४ र जीवन बीमा समूहमा १६० अंकको सुधार आएको छ । यस्तै, अन्य समूहमा ७२ अंक, जलविद्युत र वित्त समूहमा समान ४८÷ अंकको सुधार आएको छ ।

बजार २३ अंकले बढ्दा साहस उर्जाको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै ५३९ अंकमा पुगेको छ । कम्पनीको मूल्य आजै ४९ अंकले बढेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप