चितवनबाट प्रचण्डलाई ओलीको चेतावनी : कुरुक्षेत्रमा कौरवहरूले जितेका थिएनन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनलाई कुरुक्षेत्र बनाउने धृष्टता नगर्न चेतावनी दिएका छन् । मंगलबार अयोध्याधामको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चितवनलाई प्रचण्डले कुरुक्षेत्र बनाउने प्रयास गरेको भन्दै आपत्ति पनि जनाए । ‘अनि कुरुक्षेत्र चाहीँ किन बनाउने ? उहिले बैंस सम्झेर कुरु क्षेत्रका कुरा गरेर हुन्छ ?’, प्रचण्डको नम लिँदै ओलीले भने, ‘प्रचण्डले उहिले एकै पटक बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्ने त्यही बैंश सम्झेर कुरु क्षेत्र बनाउने सोचेको होलान् । अब कुरु क्षेत्रसेत्र होइन यो ।’
उनले अब चितवन कुरुक्षेत्र बन्न नसक्ने भन्दै शान्ति र धार्मिक क्षेत्र बन्ने बताए । ‘धर्म क्षेत्र हुन्छ यहाँ । शान्ति क्षेत्र हुन्छ यहाँ । पवित्र भूमि हुन्छ यहाँ । विकास, एकता र मेलमिलाप क्षेत्र हुन्छ यहाँ । अनि कुरुक्षेत्र ?’, ओलीले प्रश्न गरे । उनले भने, ‘कुरुक्षेत्र नै गर्न खोजेको हो भने म उहाँलाई भन्न चाहान्छु–कौरवहरुले जितेका थिएनन् कुरुक्षेत्रमा, पाण्डवहरुले जितेका थिए । जो युद्ध चाहँदैन थिए, उनीहरुले जितेका थिए । जो युद्ध चाहन्थे उनीहरुले हारेका थिए । कुरु क्षेत्र किन बनाउछु भनेको भन्दा सीता राम यहाँ प्रतिमा स्थापना भयो भनेर ।’
उनले पर्यटक ओइरिने र दुनियाँको दर्शनीयस्थल बन्ने भन्दै अर्को पटक पर्यटन मन्त्रालयले दश पर्यटकीय स्थलमा घोषणा गर्नुपर्ने बताए । उनले केही समयपछि चितवन मन्दिर नै मन्दिर हुन लाग्यो भनेर कुरुक्षेत्र बनाउँछु भनेर प्रचण्डले भनेको आरोप लगाए ।
ओलीले चितवन प्रदेश ३ मा पर्नुमा राजधानी रहेको प्रदेश चीन र भारत दुवैसँग सम्वन्ध हुनुपर्छ भनेर संविधान बन्ने बेलामै आफूले जोड दिएको बताए । ‘यो ठोरी क्षेत्रलाई बागमती प्रदेशको सिमाना भारतसँग जोड्ने बनाउने र गण्डकी प्रदेशको सीमाना बर्दघाट भन्दा पूर्वको जमिनलाई गण्डकी प्रदेशमा सामेल गरेर भारतसँग जोड्नेमा मैले धेरै जोड गरेँ’, ओलीको भनाइ छ । उनले कर्णाली प्रदेश पनि भारतसँग जोड्ने प्रयास गरेको बताए । ‘बाँके बर्दिया कर्णाली प्रदेशमा राखौँ भनेको थिएँ । तर उहाँहरुलाई के सोच भयो कुन्नी राजधानी नेपालगञ्ज जान्छ भनेर हो कि क्या हो उहाँहरु आत्तिनुभयो’, ओलीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा