बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दुई वर्षभित्र हरेक घरमा बिजुली  : मन्त्री भुसाल

मङ्गलबार, १६ कात्तिक २०७८, १६ : ४३
मङ्गलबार, १६ कात्तिक २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखेकी हुन् । 

उनले स्वदेशी विद्युत् खपत बढाउन, आयातीत इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घाटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गरिन् । सिँचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिँचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आगामी दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गरिन् ।   

उनले समातामूलक राष्ट्र निर्माणका लागि गरिब जनतासम्म ऊर्जाको पहुँच पु¥याउने उद्देश्यले सरकारले २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत् सेवा प्रदान गर्ने निर्णय गरेको बताइन् । “यस सुविधाबाट २० युनिटभन्दा कम खपत गर्ने २६ लाख घरधुरीका झण्डै एक करोड ३० लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछन्,”, उनले भनिन् । 

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वैकल्पिक ऊर्जाको माध्यमबाट देशका दुर्गम भेगमा बसोबास गर्ने जनतालाई ऊर्जा सेवा प्रदान गर्न सकिएको र अन्तर्राष्ट्रियस्तरमा पनि कार्बन व्यापार गरी विदेशी मुद्रा आम्दानी गर्ने बाटो खुला भएकाले यस प्रविधिलाई राज्यले उच्च प्राथमिकतामा राखेको बताए। 

पालका लागि बेलायतका राजदूत निकोला पोलिटले नेपालले नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धनमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी समस्या समाधानका लागि स्वच्छ ऊर्जा प्रविधिमा लगानी बढाउनु पर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप