आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

मङ्गलबार, १६ कात्तिक २०७८, १६ : ३२
मङ्गलबार, १६ कात्तिक २०७८

कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।

उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । निवर्तमान मुख्यमन्त्री शाहीसँग गत वैशाखमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार नै कर्णाली प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुन थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप