हनुमानले गधा उठाउन सक्छन्, ‘पापी’हरुले ख्याल गर्नुपर्छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हनुमानले गधा उठाउन सक्ने भएकाले पापीहरुले ख्याल गर्नुपर्ने चेतावनी दिएका छन् । सांकेतिक रुपमा आफ्ना विरोधीहरुतर्फ संकेत गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । मंगलबार चितवनको अयोध्या धाम र माडी क्षेत्रको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हनुमानले हात जोडिकन गधा उठाउन सक्ने भएकाले पापीहरुले ख्याल राख्नुपर्ने बताएका हुन् । ‘सायद केहीकेही मान्छे आत्तिएका पनि त्यही भएर होला । हनुमानको गधा टाउकोमा पर्यो भने भनेर ? पाप नगर्ने हो भने डराउनुपर्दैन । पापीहरु डराउनुपर्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले इतिहासको उत्खनन् गरेको बताए ।
उनले अयोध्या धाम रामको जन्म भुमि भएको पहिचान गरेर उक्त स्थानमा राम सीता र हनुमानसहितको मुर्ति र मन्दिर बनाउनुपर्छ भनेर पहल गरेको समेत बताए । ‘अव भगवान राम आफ्नो जन्मस्थानमा आइपुग्नु भएको छ । लक्ष्मण, सीता आफ्नो कर्मथलोमा आइपुग्नु भएको छ’, ओलीको भनाइ छ । उनले अव अयोध्या धाम विश्वको सर्वाधिक ठुलो र महत्वपुर्ण दर्शनीय स्थल बन्ने दावी समेत गरे । ‘यहाँ आउने सवैले त शालिग्राम नभेट्लान, एउटा ढुंगो र माटो भएपनि खल्तीमा हालेर जानेछन् र पवित्र ढुंगो हो भन्ने स्मरण गर्नेछन्’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण