बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी ढकाललाई

मङ्गलबार, १६ कात्तिक २०७८, १५ : ३२
मङ्गलबार, १६ कात्तिक २०७८

राष्ट्रिय खेलकुद परिषद (राखेप) को निमित्त सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ ।  युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको पोखरेलले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप