कर्णाली प्रदेशमा जीवनबहादुर शाहीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै
मङ्गलबार, १६ कात्तिक २०७८, १५ : ०७
कर्णाली प्रदेश, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी थालेका छन् । त्यसका लागि उनी पार्टीका नेता, कार्यकर्ताहरूसँगको छलफलमा जुटेका छन् ।
उनले मुख्यमन्त्रीमा दाबीका लागि आफू तयारी अवस्थामा रहेको र केही समयमा प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने रातोपाटीलाई बताए । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज साँझ ७ः३० बजे सम्मको समय तोकेका छन् ।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु भएको हो । काँग्रेससँग भएको सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत निवर्तमान मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह